Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा यस्ता संकेत र ठाउँ हेरेर लकडाउनको ढाँचा परिवर्तन हुँदै, कहीँ खुकुलो, कहीँ ‘टाइट’

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
नेपालमा यस्ता संकेत र ठाउँ हेरेर लकडाउनको ढाँचा परिवर्तन हुँदै, कहीँ खुकुलो, कहीँ ‘टाइट’

धरानः सरकारले लकडाउनको ढाँचामा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।
मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ । मंगलबार समितिको बैठक बोलाइएको छ । २१ गतेबाट नै लकडाउनको ढाँचामा केही परिवर्तन हुने अनुमान गरिएको छ ।
संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी भइरहेको छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुने, सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा आन्तरिक छलफल भइरहेको छ ।
सीसीएमसीले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।
अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ । लकडाउनको अवधिमा तल्लो र मध्य वर्गिय सर्वसाधारणलाई धेरै मर्का परेकोले लकडाउनको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको थियो ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend