Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमित २,०९९, चिकित्सकमा पनि संक्रमण

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
नेपालमा कोरोना संक्रमित २,०९९, चिकित्सकमा पनि संक्रमण

काठमाडौंः नेपालमा कोरोना संक्रमितहरुको संख्या २,०९९ पुगेको छ । मङ्गलबार थपिएका २८८ सँगै संख्या २ हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २६६ जना डिस्चार्ज पनि भइसकेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ । मंगलबारमात्रै २७० पुरुष र १८ महिला गरी थप २८८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश १ मा १६८, प्रदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्रुवारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् । त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो । नेपालमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend