Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या २३००

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७७, बुधबार
नेपालमा कोरोना संक्रमितको संख्या २३००

धरानः नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ। यस्तै, कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।
दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाकारी दिए । योसँगै नेपालका संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend