Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनः लुजडाउन बनाउनेबारे मोडालिटी बन्दै

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७७, बिहिबार
लकडाउनः लुजडाउन बनाउनेबारे मोडालिटी बन्दै

काठमाडौंः लकडाउनबारे छलफल गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेस गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।
समितिले ल्याएको कार्ययोजनापछि पुनः मन्त्रिपरिषद्को बैठक बस्ने र निर्णय गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । मन्त्री भट्टले प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न निर्देशन दिएको बताए । चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएको छ ।
लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गरेका थिए। त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाएका थिए । प्रधानमन्त्री ओली पनि यस विषयमा सकारात्मक देखिएका थिए । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।
बैठकमा कोरोना भाइरसको संक्रमणका कारण नेपालमा परिरहेको प्रभावको विभिन्न पक्षमा छलफल भएको थियो ।

प्रकाशित मिति: जेष्ठ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend