Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाः दैनिक १० हजारको जाँच्ने क्षमताको उपकरण खोजिँदै

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
कोरोनाः दैनिक १० हजारको जाँच्ने क्षमताको उपकरण खोजिँदै

काठमाडौं (बिबिसी): केही सातादेखि कोरोनाभाइरसबाट संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौं नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ ।
उनले भने, ‘विभिन्न ठाउँबाट संकलन गरिएका स्वाब प्रयोगशालामा बढ्दै गएकाले त्यसको निकास दिन त्यस्तो मेसिन ल्याउने निष्कर्षमा पुगेका छौं ।’
अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ ।
त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ ।
बढ्दो चापले निम्त्याएको आवश्यकता
नेपालभरि भएका सबै प्रयोगशालामा गरी एक दिनमा अधिकतम पाँच हजारको हाराहारीमा परीक्षण नतिजा आएको छ ।
कतिपय दिनमा त्यसको आधा मात्रै नमुना परीक्षण हुने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
सबैभन्दा बढी परीक्षण हुने काठमाण्डुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजारको हाराहारीमा परीक्षण हुने गरेको देखिन्छ ।
स्वास्थ्यमन्त्री ढकालका अनुसार प्रयोगशालामा नमुना परीक्षण गर्न पालो कुर्नुपर्ने अवस्था आएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर उपकरण राखेर परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहान ८ बजेदेखि मध्यरातसम्म परीक्षण भइरहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार छिट्टै २४ घण्टा परीक्षणको काम गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend