Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डिभी भर्ने को को ? भोलि चिट्ठाको नतिजा आउने !

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
डिभी भर्ने को को ? भोलि चिट्ठाको नतिजा आउने !

धरानः अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार जेठ २४ गते शनिबार राति ०९ः४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जानकारी दिएको छ ।
‘डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ,’ दूतावासले सूचित गरेको छ । अमेरिकामा रहेका नेपालीले (७०३)९८८–३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ ।
कन्फर्मेसन नम्बर प्रयोग गरी https:www.dvlottery.state.gov.मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ ।
यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनिForgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend