धरानः धरान–१७ का एक युवामा कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको छ ।
प्रतिष्ठानका चिकित्सकका अनुसार उनको रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई आइसोलेसन कक्षमा लगिएको हो । धरान–१७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा बसेका उनमा प्रतिष्ठानमा पिसिआर परीक्षण गरिएको थियो । रिपोर्टमा यस्तो देखिएपछि उनलाई तत्कालै प्रतिष्ठान लगिएको प्रतिष्ठानका चिकित्सकले जनाएका छन् ।
उनी भारतबाट फर्किएका युवा हुन् । उनी अन्य २ जना साथीसहित नेपाल आएका थिए । उनीहरू जेठ १८ गतेदेखि एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए ।