काठमाडौंः नेपालमा २७९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष र २२ जना महिला गरी नयाँ संक्रमितको संख्या २७९ रहेको जानकारी दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४३६४ पुगेको छ । सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ । अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ । भाइरस संक्रमणबाट निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
थपिने कहाँका ?
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८ ,झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १२, प्युठानका ६, रुपन्देहीका ७ जना रहेका छन् ।
यस्तै बाँकेमा ३, बर्दियाका १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डढेलधुराका १, धादिङका १६, धनुषाका ११, गोर्खाका ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २ र सिराहाका १ जना संक्रमित थपिएका हुन्।