Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्व प्रम बाबुराम भट्टराईले ‘टपरे’ भनेपछि…

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७७, बिहिबार
पूर्व प्रम बाबुराम भट्टराईले ‘टपरे’ भनेपछि…

धरानः पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले ट्वीटमार्फत् सार्वजनिकरूपमा ब्राम्हण गुरु पुरोहित वर्गलाई ‘टपरे’ भनेर टिप्पणी गरेको भन्दै ब्राम्हण समाज नेपाल, धरान नगर समितिको ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार इलाका प्रशासन कार्यालय धरानमार्फत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत पठाएको छ । समाजको कार्यसमितिसहितको टोलीले इलाका प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
‘मुलुकमा ब्राम्हण समुदायप्रति नकारात्मक भावना पैदा हुने प्रचार भएको ठम्याई छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘हरेक व्यक्तिले अपनाउने पेशा र कर्मको सम्मान गर्दै आयन्दा त्यस्ता निकृष्ट हर्कतहरु कतै बाट भए गरिएमा तुरन्त कारवाही गर्न समेत ब्राम्हण समाज नेपाल, धरान उपमहानगर समिति सरकारसँग जोडदार माग गर्दछ ।’
समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारी र सचिव कमलप्रसाद भट्टराईको हस्ताक्षर भएको ज्ञापनपत्रमा पछिल्लो समय दलित समुदाय माथी भएका विभेदको घटनापछि मुलुकमा बाम्हणवादको विरोधको निहुँमा ब्राम्हण समुदायमाथि नै लान्छना लगाउँने गरिएकाले वैदिक कर्मकाण्ड गराउने गुरु पुरोहितहरुको मान मर्दन हुने जनाइएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले निकृष्ट शव्द प्रयोग गरी ‘टपरे’ भन्दै सम्मानित गुरु पुरोहित वर्गलाई हेप्ने कार्य गरिएको समाजको ठहर छ ।

प्रकाशित मिति: जेष्ठ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend