धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० करोडको मेसिन ल्याउने तयारी थालिएको छ ।
यतिको रकमको अत्याधुनिक मेसिन ल्याउने तयारी थालिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । ‘यहाँ रहेको स्क्यान मेशिन केही वर्षदेखि बिग्रिएर थन्किएको छ, त्यसैले अर्को मेसिन ल्याउन लागिएको हो ।’ उनले भने ।
प्रतिष्ठानले उच्च क्षमताको २ सय ५६ स्लाइस सिटी स्क्यान मेशिन उपकरण गर्ने भएको हो । सो मेशिन बिग्रिएपछि सेवामा समस्या पर्दै आएको प्रतिष्ठानले जनाएको छ ।