धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्रै एक सय जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।
प्रतिष्ठानबाट हालसम्म एक सय जना संक्रमितहरु उपचारका क्रममा रिपोर्ट नेगटिभ आएको र उनीहरू घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
डिस्चार्ज भएकाहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् । हाल प्रतिष्ठानमा २४ जना संक्रमितको उपचार भइरहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।