Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकमा युवाहरूको अति भो सरकार !

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
भानुचोकमा युवाहरूको अति भो सरकार !

धरानः धरानका सडकमा अति भो सरकारभन्दै विरोध प्रदर्शन भएको छ ।
सामाजिक सञ्जालबाटै एकबद्ध भएका युवाले भानुचोक पुगेर सरकारविरुद्ध एकस्वरमा नारा लगाए–अति भो सरकार ।
उनीहरूको प्रश्न थियो–१० अर्ब खोइ, पिसिआर मेसिन खोइ, भ्रष्टाचार कहिले नियन्त्रण, विदेशमा अल्झेका नागरिक कहिले ल्याउने, मान्छे थुनेर को बाट तिर्नु कर, स्वाधिनता बेचेर एमसिआर के का लागि ?
कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा सरकारले गरेको लापरवाही र बेवास्ता गरेको भन्दै धरानका युवाहरू सरकारको विरोधमा सडकमा उत्रिएका हुन् । सरकारले कोरोनाको नाममा भष्ट्राचार गरेको र नागरिकको उपचारको सट्टामा राष्ट्रपति कार्यालयमा कार्पेट राखेर नागरिकको स्वास्थ्यलाई बेवास्ता गरेको भन्दै विरोध गरिएको हो ।
सामाजिक सञ्जालबाट जम्मा भएका भीडहरू निकैबेर भानुचोकमा रहेका थिए । देशव्यापी प्रदर्शनको ऐक्यबद्धता जनाउँदै धरानमा स्वतःस्फुर्त युवा सडकमा आएका हुन् ।

फोटोः ललित राई/कृति टेलिभिजन

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend