Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

७ वर्षीय बालक जमेको पानीमा मृत अवस्थामा फेला

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
७ वर्षीय बालक जमेको पानीमा मृत अवस्थामा फेला

विराटनगरः मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् ।
घरमा कोही कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनी अबेरसम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend