Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिउनुहोस् खाली पेटमा पानी

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
पिउनुहोस् खाली पेटमा पानी

पानी मानव जीवनका लागि नभइ नहुने पदार्थ हो । पानीको मात्रामा बढाएमा अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन् ।अझै बिहान उठ्नेबितिकै खाली पेटमा पानी पिउनाले पेटका अधिकांश समस्याहरु आउँदैनन् ।बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदाहरु निम्नानुसार छन्।
-खाली पेट मा प्रशस्त पानी पिउनाले पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। तपाईलाई एकाबिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मनतातो पानी खाली पेट खाँदा खुलेर शौच आउँछ।
-शौचालय जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ।
-नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्ने रु खाली पेट पानी पिउँदा तपाईंको भोक जाग्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास मनतातो पानी पिउनुहोस् जसले गर्दा तपाईलाई भोक लागिरहन्छ।
-मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउनु पनि एक हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानुभयो भने यो समस्याबाट विस्तारै मुक्ति मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउँछ।
-खाली पेट पानी पिउँदा कोलोन ९पेटमा रहेका विकार० सफा गरिदिन्छ। एक गिलास पानी खाली पेटमा खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। -कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउँछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।
-यदि तपाइंले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। यसको अर्थ तपाईले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।
-खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउँछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउँछ।
-समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो। शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन। दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend