धरानः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नयाँ नक्सा जारी भएपछि सरकारलाई धन्यवाद दिएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दबाबकाबीच भए पनि सरकार अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् । विप्लवले भनेका छन्, ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’