Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बन्दाबन्दीमा जुवा हान्ने ७ युवा ७१ हजारसहित पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०७७, आइतबार
बन्दाबन्दीमा जुवा हान्ने ७ युवा ७१ हजारसहित पक्राउ

बिर्तामोडः बन्दाबन्दीको बेला जुवा खेलिरहेका ७ युवा ७१ हजार रूपैयाँसहित समातिएका छन् ।
झापाको कन्काई नगरपालिकाका सात युवा ७१ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।
घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend