Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरबाहिर कोरोनाको डर, घरभित्र गर्भवती हुने डर

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०७७, आइतबार
घरबाहिर कोरोनाको डर, घरभित्र गर्भवती हुने डर

कोरोनाको माहामारीका बेला सिंगो देश नै बन्दाबन्दीमा छ । बाहिर डिँडडुल निषेध गरिएको छ । कतिपयलाई यो समय परिवारका सदस्यहरुसँगै हाँसीखुसी समय बिताउने अवसर बनेको छ भने कतिपयका लागि निकै अत्यास लाग्दो । यसै सन्दर्भमा तराईका गरिब परिवारका महिलाहरुको समस्या भने भिन्न छ। सुन्दा सामान्य लागे पनि उनीहरुको कथा कम नमराइलो छैन । सानै उमेरमा धेरै सन्तानको आमा बन्न वाध्य महिलाहरुको परिवार नियोजन र यौनसँग जोडिएका नरमाइला अनुभवहरु छन्।
स्वास्थ्य तथा परिवार नियोजनसँग सम्बन्धित कार्यक्रममा काम गर्ने शिलशिलामा धेरै महिलाहरुको सम्पर्कमा पुग्दा उहाँहरुका विभिन्न अनुभवहरु सुन्ने मौका मिल्छ । यसैक्रमा केहीदिन अघिमात्र तराईकी एक महिलाले कोरोना भाइरसको महाव्यवाधी पछि उहाँको व्यक्तिगत जीवनमा परेको समस्या सुनाउनुभयो । यो उहाँको मात्र समस्या नभई सैयौँ दिदीबहिनीहरुको समस्या भएकाले उहाँको भनाइका अंशहरु संयोजन गरी उहाँकै शब्दमा यहाँ प्रस्तुत गरेकी छु ।
मेरो नाम सोनिया खातुन(नाम परिवर्तन) हो । म २५ वर्षको भएँ। मेरो घर रौतहट जिल्लाको इश्नाथन गरपालिका वडा नम्बर ५ मा पर्छ । मेरो पाँचजना छोराछोरी छन् । जसमा चारजना छोरी एउटा छोरा रहेक छन् । छोरीहरु ७, ५, ४ र ३ वर्षका भए । छोरो १८ महिनाको भयो।
गत बैसाख २ गते मेरो श्रीमान भारतबाट आउनुभयो । उहाँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्थ्यो । कोरोनको डर भएपछि साहुले घर पठाईदियो । १४दिन क्वारेन्टाइनमा राख्यो । क्वारेन्टाइनमा रहँदा हरेक साँझ र बिहान म खाना पुर्‍याउन जान्थे । उहाँ घर फर्केर आएपछि म धेरै खुशीभए, छर छिमेकमा भएको पसलेले भने सामान दिन पनि डराउँथे, कोरोन छ कि ? भन्ने उनीहरुको आशंका थियो । बैशाख २० गते महिना पुगेको पनि महिनावारी भएको थिएन। मलाई निकै डर लाग्यो । घरमा पहिले नै ५ जना सन्तान छन् । मलाई अरु सन्तान को इच्छा छैन। घरमा बुढी सासु ससुरा हुनुहुन्छ । हाम्रो ९ जनाको परिवारको खर्च धान्न हामीलाई निकै मुश्किल पर्छ। त्यसमाथि अर्को सन्तान भयो भने झन हालत कस्तो होला?
अरु नमाज पढीरहँदा म भने अल्लाह मेरो गर्भ नरहोस् भनी प्रार्थना गर्थे। अल्लाहले मेरो प्रार्थना स्वीकार गर्नुभयो । बैशाख २५ गते मेरो महिनावारी भयो । मेरो यो कुरा मैले एकजना नर्स बहिनीसँग गरेकी थिएँ । उहाँले मलाई परिवार नियोजनको अस्थायी साधनका बारेमा भन्नुभयो। हाम्रो इस्लाम धर्ममा कपर टी प्रयोग गर्न हुन्न भनेको सुनेको छु । परिवार नियोजनका साधनहरु प्रयोग गर्न बर्जित किन हो ? मलाई यसबारे थाहा छैन । मेरो श्रीमान पनि त्यस्ता साधन प्रयोग गर्नुहुन्न । त्यसै कारणले २५ वर्षको उमेरमा पाँच सन्तानको आमा भइसकेको छु । अब म कुनै पनि हालतमा अर्को बच्चा जन्माउन र हुर्काउने सोचमा छैन तर मलाई थाहा छ मैले सोचेको जस्तो हुनेछैन ।
त्यसैले मैले हिम्मत लिएर ती चिनजानकी नर्सको सल्लाहमा इम्प्लान्ट भन्ने पाँचवर्ष काम गर्ने साधन लगाउने आँट गरेर नजिकैको लक्ष्मीपुर हेल्थ पोस्टमा गएँ । बाटोभरी अल्लाहले मेरो पुकार सुन्नुभयो, भरेदेखि त म निर्धक्क भएर बस्छु, गर्भ रहला भन्ने त्रासमा बाँच्नु पर्दैन भनेर म निकै प्रफुल्लित भएर हेल्थ पोस्ट पुगे।
त्यहाँ पुग्दा स्थिति भने अर्कै रहेछ । सेतो रेनकोट जस्तो लुगा लगाएको स्वास्थ्यकर्मीलाई इम्प्लान्ट लगाइ दिन आग्रह गरेँ तर उहाँले गाली गर्नुभयो। यस्तो कोरोनाको बिगबिगी भएको बेलामा किन हेल्थ पोस्ट अको? कोरोना गएपछि आउनु भनेर मलाई फर्काउनुभयो । म निराश भएर फर्किएँ।
अर्कोदिन ती नर्ससँग भेट भएको बेला आफ्नो कुरा भने । उहाँले हेल्थपोस्टको इन्चार्जलाई फोन गरिदिनुु भयो तर उल्टो इन्चार्जले उहाँलाई .गाली गर्नुभएछ । यस्तो बेला परिवार नियोजनको लागि मान्छे पठाउने हो? भनेर झर्कनु भएछ । गाउँको स्वयम् सेविका दिदीलाई भेट्न ती नर्स बहिनीले सल्लाह दिनुभयो, उहासँग गर्भ नरहने चक्की छ कि भनेर। भेट्न पनि गएँ । आजकल स्वास्थ्य संस्थालाई नै पुग्दैन भन्नुभयो । उहाँले पिल्स छैन, केही कन्डोम लानुस् भन्नु भयो। तर मलाई कन्डोम काम छैन, किनकी त्यो प्रयोग गर्न मेरो श्रीमान मान्नु हुन्न।
कोरोना आउँदा गर्भ रहँदैन र? यो कुरा मैले बुझ्न सकेको छैन । कोरोनाकै कारणले मेरो मात्रै गाउँमा ७जना मर्दहरु घर फर्किएका छन । अंशु, मेरो साथी पनि बच्चा हुने डरमा छिन् । बुढाँसँग जहिले झगडा हुन्छ भन्थिन् । म त छोरा पाउँदा झन्डै मरिन, शरीरमा खून निकै कम भएको थियो। अस्ति चैतमा पनि खून कम भएर निकै बिरामी भएँ।
अरुलाई त बाहिर हिँड्दा मात्र डर छ कोरोरना लाग्ला भनेर, मलाई चाँहि घरभित्रै बस्दा पनि त्यो भन्दा ठूलो डर छ गर्भवती हुन्छु कि ? भनेर । अब गर्भ रह्यो भने त खून बगेर म मर्छ‘ होला भन्ने डर लाग्छ । श्रीमानसँग सधैभर झगडा गर्न पनि सकिँदैन । म निकै पीडामा छु ।
अन्त्यमा,
गत चैत ११ गते देखि कोरोनको महामारीको कारण स्वास्थ्य तथा जन संख्यामन्त्रालयले लामो समयसम्म कम गर्ने -Implant / IUCD_ को सेवा बन्द गरेको छ। अहिले हजारौं पुरुषहरु स्वदेश फर्किरहँदा , सोनियाजस्ता हजारौं महिलाहरु इच्छाइएको परिवार नियोजनको साधनबाट वञ्चित भएका छन्।
गतवर्ष चैतमा शून्य रहेको मातृ मृत्युदर यसपाली ५३ पुगेको छ। महिलाको यौन तथा प्रजनन स्वास्थ्यबारे अध्ययन गर्दै आएको राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहँदा धेरै महिला परिवार नियोजनको पहुँचबाट टाढा रहनाले अत्यधिक मात्रामा अनिच्छित गर्भधारण वृद्धिहुने तथ्य सार्वजनिक गरेको छ ।
अप्रिल २७ मा सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनमा लकडाउन ६ महिनासम्म लम्बिने र प्रजनन स्वास्थ्य सेवा पाउन अवरोध कायम रहे विश्वभरि ७० लाख अनिच्छित गर्भधारण हुने अनुमान छ । यो समयमा मध्य र कम आय भएका ११४ देशका ४ करोड ७० लाख महिला आधुनिक गर्भ निरोधकका साधनबाट वञ्चित हुनसक्ने समेत प्रक्षेपण गरिएको छ । यस समयमा रहन सक्ने अनिछित गर्भले गर्दा यो संख्या भविष्यमा अझ बढ्न सक्छ । समयमा नै प्रजनन स्वास्थ्यलाई सुचारु गर्नेतिर सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend