Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउन खुकुलो भएकै दिन थपिए बढी संक्रमित, नेपालमा ६२११ जनामा संक्रमित

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
लकडाउन खुकुलो भएकै दिन थपिए बढी संक्रमित, नेपालमा ६२११ जनामा संक्रमित

धरानः लकडाउन केही खुकुलो भएको दिनदेखि नै बढी संक्रमित थपिएका छन् ।
सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना फेरि थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना डिस्चार्ज भएको बताए । उनका अनुसार २ वटा कल सेन्टरबाट १२ सय ३५ कलहरु प्राप्त भएको उनले बताए।
पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिए । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन् ।
प्रयोगशालामा जम्मा रियल टाइम पीसीआर आजसम्मको १ लाख ३८ हजार ६ सय ८३ र आजको ५ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण भएको उनले बताए । त्यस्तै, आरडीटी आजसम्मको २ लाख १९ हजार ३ सय ३६ र आजको ८ हजार ६ सय १५ रहेको उनले बताए ।
यसैगरी क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार १ सय ५१ जना संक्रमित रहेको डा. गौतमले जानकारी दिए । कोभिड १९ बाट संक्रमणमुक्त भई २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । त्यसमध्ये ७ महिला र ६० जना पुरुष रहेका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो । गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६,प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९,रोल्पाका ४, काठमाडौँका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend