धरानः नेपालमा सोमबार एकै दिन ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिललाका गरी ३८० जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ । उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् । पछिल्लो चौबिस घण्टामा १०९ जना पुरुष र ८ महिला गरी ११७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
संक्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना छन् ।
त्यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौै १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।