Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, कुन जिल्लाका कति ?

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, कुन जिल्लाका कति ?

धरानः नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।
४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ। उनीहरु मध्ये ५३९ जना महिला र ६६३८ जना पुरुष रहेका छन् ।
थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।
धरानमा गरिएको परीक्षणमा ५ जना, विराटनगरमा ११ जना, जनकपुरमा २७ जना, वीरगन्जमा ६ जना, राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै भरतपुर अस्पतालमा ३, धुलिखेल अस्पतालमा ९९, शिक्षण अस्पतालमा १, पोखरामा २० जना, रुपन्देहीमा ५९ जना, भेरी अस्पतालमा ३२ जना, दाङमा ३३ जना र सुर्खेत ४ जना जुम्लामा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् ।
कुन जिल्लाका कति ?
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend