धरानः गायक समुन्द्र खतिवडाले आफ्नो बिल्कुलै नयाँ गीत ‘अधूरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् ।
हाल युएइमा रहेका गायक खतिवडाले कोरना कहरबीच नेपाली गीत–सङ्गीत प्रेमीहरूलाई मनोरञ्जन दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर समुन्द्र खतिवडाको रहेको छ भने शब्द रमन सुवेदीको रहेको छ । गीतमा नवराज बस्नेतको सङ्गीत रहेको छ ।
युएइमा छायाङ्कन गरिएको भिडियोलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय नेपाली मोटो ब्लगर भनेर चिनिने यल्ला ब्रोदरसले सम्पादन अनि छायाङ्कन गरेका हुन् । म्युजिक भिडियोमा सुवास, सोराया र रिचेलको जीवन्त अभिनय देख्न सकिन्छ । माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको भिडियोलाई रमन सुवेदीको निर्देशनमा तयार पारिएको हो ।
एस के नेपाली म्युजिकको अफिसियल च्यानलमार्फत् सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले जनाएका छन् । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खतिवडाले आग्रह समेत गरेका छन् ।