Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवाद्वारा एउटा मात्र फोटो खिचेर १०५ विपन्न परिवारलाई सहयोग

हाम्रो कोशी आवाज
असार ५ २०७७, शुक्रबार
धरानका युवाद्वारा एउटा मात्र फोटो खिचेर १०५ विपन्न परिवारलाई सहयोग

धरानः समाजिक कार्य गर्नु प्रशंसनीय हो । धरानमा अहिले पनि धेरैले सामाजिक कार्य गरेपछि फोटो खिच्ने, सामाजिक सञ्जालमा हाल्ने होड नै चल्ने गरेको छ ।
चाहे दश केजी चामल दिउन्, चाहे ५० केजी चामल दिउन् फोटो खिचाएर सामाजिक सञ्जालमै हाल्नैपर्ने, देखाउनैपर्ने । तर धरानका एक युवाको समूहले फरक काम गरेको छ । उनीहरूले निधो नै गरे–सामाजिक कार्यसँग फोटो एउटा मात्रै फोटो खिचाएर कसैले सामाजिक सञ्जालमा नपोष्ट्याउने ।
धरान–१९ स्थित गैरीगाउँ युवा समाजले १ सय ५ विपन्न घरलाई राहत बाँडेको छ । यतिका राहत बाँड्दा पनि बाँड्दा फोटो नखिचाएका हुन् । ‘सामाजिक कार्य अर्थात् सहयोग भनेको भित्र मनदेखि नै गर्ने हो, सहयोग गरेपछि फोटो नखिचौं भनियो, सबैले त्यसै गरे ।’ सल्लाहकार युनेश राना मगरले भने ।
अध्यक्ष गौतमले लिम्बूले धरान–१९ को आनन्द मार्गमा २५ परिवार, गैरी टोलका ३६ परिवार, दीपेन्दमार्गका ८ परिवार, भिक्टोरिया चौकका ५ रिवार, सयपत्री मार्गका ११ परिवार, गैरी गाउँका १० परिवार, सुनाम टोलका १० परिवारलाई १० केजी चामल र ५ सय बराबरको नुन–तेल दिइएको छ ।
कोरिया बस्ने खगेन लिम्बूले ५ हजार, गणेश तामाङले १० हजार, समिर तामाङले ५ हजार, इन्द्र राईले ५ हजार सहयोग दिएका थिए । यस्तै, हङकङ निवासी शेरमान लिम्बूले १७ हजार २ सय २७, शशी राईले १० हजार, अशेष राईले २ हजार, युके (२ जिआर) निवासी सुनिलको टिमले १५ हजार, भीमराज राईले १० हजार, एफसी फुर्वा ५ हजार, परेहा प्रोडक्सन युकेबाट १५ हजार, सुशिल केसी अष्ट्रेलियाबाट ५ हजार, जगतमान राई धरान–१९ बाट १० हजार, सपना राई धरान–१९ बाट १५ हजार, अन्जना भुजेल युकेबाट ५ हजार, अम्विका राई सपरिवार, यामप्रसाद लिम्बु तथा अनुगञ्ह मण्डली युकेबाट ४० हजार सहयोग उपलब्ध भएको थियो ।

प्रकाशित मिति: असार ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend