धरानः बाल गायक अशोक दर्जीको सोलो नयाँ गीत रिलिज भएको छ । ‘हजुरलाई प्रणाम’ बोलको यस गीतमा अशोक दर्जी का अलावा टंक बुढाथोकीको छोरा एआर बुढाथोकीले पनि अभिनय गरेका छन् । टंक बुढाथोकीले लेखन, संगीत र अरेन्ज गरेको यस गीतलाई नवराज उप्रेतीले भिडियो खिचेका छन् । यस गीतको भिडियोलाई मनोज कार्की एडिटिङ गरेका छन् भने यस गीतको परिकल्पना तथा निर्देशन टंक बुढाथोकीले गरेका छन् ।
नागेन्द्र राईको निकै मिठो बाँसुरीको धुन रहेको यस गीतको संगीतमा अशोक दर्जीको आवाजले गीतमा मिठास थपेको छ । यस गीतको भिडियोलाई टंकले आफ्नो च्यानल मार्फत सार्बजनिक गरेका छन् । लामो समयदेखि कुनै गीत बजारमा नल्याएका अशोकले यस पटक भने सोलो रुपमा आफ्नो एकल स्वरको गीत बजारमा ल्याएका छन् ।