धरानः पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४२६ देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताए । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका कहाँका ?
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै, हेटौडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।