धरानः गृहमन्त्रालयले लकडाउनलाई थप सहजिकरण गर्ने निर्णया गरेको छ । २८ जेठमा मन्त्रिपरिषदको निर्णयालाइ परिमार्जत गर्दै थप परिमार्जन गर्ने निर्णय गरेको हो ।
शुक्रबार गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अब विवाह ब्रतबन्ध, मृत्यु सस्कार चाडपर्व पूजापाठलगायतका सामाजिक तथा साँस्कृतिक कार्यत्रक्रमहरू गर्नै पर्ने अवस्था आए तोकिएको सामाजिक दूरी कायम गरेर १५ जना जम्मा भएका गर्न अनुमति दिएको छ ।
त्यसरी नै मालसमान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधानमा रोक नलाग्ने र जनाएको छ । हिँडडुलको हकमा भने राति १० बजेदेखि अति आवश्यक काम बाहेक बिहान ५ बजेसम्ममा रोक लगाउने निर्णय गरेको छ ।
सरकारले लकडाउनको अवधिमा रातको समयमा हिँडडुल गर्न रोक लगाएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलो बनाएसँगै संक्रमण जोखिम बढ्ने आँकलन गर्दै रातको समयमा हिँडडुल गर्नदेखि १५ जनाभन्दा बढीको जमघट नगर्न आग्रह गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो । ११ चैत २०७६ देखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि हिँडडुल गर्नेको संख्या बढेसँगै गृह मन्त्रालयले कडाइ गर्ने निर्णय गरेको हो ।
