Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङका कलाकारको पहिलो म्यूजिक भिडियोः उत्ताउलो तिम्रो जवानी’ सार्वजनिक

हाम्रो कोशी आवाज
असार ५ २०७७, शुक्रबार
ताप्लेजुङका कलाकारको पहिलो म्यूजिक भिडियोः उत्ताउलो तिम्रो जवानी’ सार्वजनिक

ताप्लेजुङः ताप्लेजुङका कलाकारले ताप्लेजुङमै पहिलो छायाङ्कन, सम्पादन र निर्देशन गरेको पहिलो म्यूजिक भिडिय ‘उत्ताउलो तिम्रो जवानी’ सार्वजनिक भएको छ ।
शुक्रबार खबर अफ नेपाल युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियो निर्देशक, कलाकार तथा सम्पादन र प्राविधिक ताप्लेजुङकै कलाकारहरुको पहलमा तयार भएको निर्देशक पेम्बा शेर्पाले बताए । ताप्लेजुङको विभिन्न पर्यटकीय स्थालहरू तोक्पेगोला फुङफुङ्गे झरना, पाथीभरा,आलाङचुङगोला साथै घुन्सा जस्ता ठाउँहरूमा आउने दिनहरूमा छायाङ्कन गरेर आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न तमोर एफएमका स्टेशन म्यानेजर सजन पौडेलले आग्रह गरे ।
अन्य जिल्लाबाट प्राविधिक तथा कलाकार ल्याएर भिडियो तयार गर्दा ठूलो लगानी लाग्ने र स्थानीय कलाकारले स्थान पनि नपाउने भएकोले आउने दिनमा ताप्लेजुङमै अझ राम्रा भिडियो तयार गर्ने निर्देशक शेर्पाले बताए । भिडियोमा पदम श्रेष्ठ, विनु तामाङ र रिना गुरुङको अभिनय रहेको छ । विशाल लिम्बूको स्वर रहेको गीतलाई रमेश सुनुवारले सङ्गीत भरेका छन् ।

प्रकाशित मिति: असार ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend