धरानः लकडाउनकै अवधिमा पनि करिब दुई हजार भ्रष्टाचार र अनियमितताको उजुरी परेको छ ।
सरकारले चैत पहिलो हप्तामा ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको आर्थिक गतिविधि ठप्प भएपनि यसैबेला भएपनि उजुरी पनि बढेको हो । यो तीन महिनाको अवधिमा दुई हो ।
चैत, वैशाख र जेठसम्ममा खरिद प्रक्रियामा अनियमितता, गुणस्तरहीन काम, राहत र ‘क्वारेन्टिन’ प्रक्रियाका विषय, स्वास्थ्य मन्त्रालयअन्तर्गत् स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितालगायत करिब दुई हजार उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।
सरकारले लकडाउन ‘मोडालिटी’ परिवर्तन गरी सरकारी कार्यालयहरु खुल्ने निर्णय त ग¥यो । तर, कार्यालय खुलेलगत्तै अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत् मालपोत अधिकृतसहित ६ जनालाई आठ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला भने भ्रष्टाचार नियन्त्रणतर्फ आयोगको सक्रियता, क्रियाशीलता बढेको र भ्रष्टाचारीलाई कारबाही गर्न जस्तोसुकै चुनौती आइपरेपनि समाधान गर्दैै अगाडि बढ्ने बताउँछन् । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिएपनि कार्यान्वयनमा जोड नदिँदा भ्रष्टाचार बढेको छ । संवैधानिक निकाय र कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपका कारण नै भ्रष्टाचारको सुरुआत हुने जानकारहरू बताउँछन् ।