Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवालाई नेतृत्व विकास तालिम

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
धरानका युवालाई नेतृत्व विकास तालिम

धरानः युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आकाक्षा नेपालले युवाहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । युवाहरूलाई असल नेतृत्वबाट मात्र समूहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणा सहभागीहरूमा अभिवृद्धि गर्ने उद्देश्य रहेको सो तालिम गत असार ७ गते आइतबार सम्पन्न भएको थियो ।
धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरेको तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सीप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरूलगायत विषयमा तालिम केन्दित रहेको थियो ।
युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरूलाई असल संस्कार र सोचको विकास गर्न नेतृत्व विकास तालिम जरुरी रहेको आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताइन् । तालिममा धरान १३ नं. वडा लगायतका ३० जना युवाहरू सहभागी भएका थिए ।
तालिमबाट सिकेका कुराहरुले आफूलाई अगाडि बढ्न मार्ग निर्देशन गरेको सहभागीका तर्फबाट विजय घिमिरेले बताए । त्यसैगरी अर्का सहभागी सोनिका भट्टराईले यस्ता तालिम युवाहरूको लागि मार्गनिर्देशन गर्न आवश्यक रहेको र सरोकारवालापक्षले निरन्तरता दिनुपर्ने बताइन् ।

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend