विराटनगरः मोरङ पथरी शनिश्चरे–१० स्थितमा बस्ने ६० वर्षीय वृद्ध चक्रबहादुर खड्काको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार बिहान साढे ९ बजे पथरी शनिश्चरेस्थित भित्री सडक खण्डमा बा६९प ७४५ नम्बरको मोटरसाइकलले साइकलयात्री खड्कालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
टाउको समेतमा चोट लागी गम्भिर घाइते भएका खड्काको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बाँस्तोला नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।