Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुई महिलामा कोरोना देखिएपछि आइसोलेसनमा

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
धरानमा दुई महिलामा कोरोना देखिएपछि आइसोलेसनमा

धरानः धरानका दुई महिलामा कोरोना पोजेटिभ देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसनमा वार्डमा लगिएको छ ।
कुवेतबाट फर्किएका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कुवेतबाट जेठ २९ गते नेपाल फर्किएका उनीहरू धरान जेठ ३२ गते आइपुगेर धरान–१७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएको उनले जानकारी दिए । ‘पिसिआर रिपोर्ट नै पोजेटिभ आएको छ, ‘उनीहरूलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा ल्याइएको छ ।’ उनले भने । तीमध्ये एकजना ४३ वर्षीया हुन् भने अर्की ३७ वर्षीया महिला हुन् ।
यसैबीच प्रतिष्ठानबाट १२८ कोरोना जितेर घर फर्किएको उनले जानकारी दिए । ‘सोमबार मात्रै १३ जना डिस्चार्ज भए’, उनले भने, ‘अब ६३ जना उपचाररत् हुनुहुन्छ ।’ डिस्चार्ज हुने १५ वर्षदेखि ४१ वर्ष उमेर समूहका रहेका छन् । सोमबार डिस्चार्ज हुने पुरुष १२ जना मोरङका र पुरुष झापाका १ जना छन् ।

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend