Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना महामारीका बेला भ्रष्टाचारको गति बढदोः ट्रान्सपरेन्सी

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
कोरोना महामारीका बेला भ्रष्टाचारको गति बढदोः ट्रान्सपरेन्सी

धरानः नेपालले कोराना महामारीको बेला भ्रष्टाचार झनै बढेको जनाइएको छ ।
भ्रष्टाचार भएको–नभएकोबारे हेर्ने नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो बेलामा झनै भ्रष्टाचारको गति बढ्नु दुःखद् भनेको छ ।
ओम्नी गुपसँग महंगोमा औषधि र उपकरण खरिद गरिएको र उसँग गरिएको ठेक्कापट्टा असल मनसायले गरिएको थियो भनी विश्वस्त रहने अवस्था नरहेको ट्रान्सपरेन्सीले जनाएको छ । नेपाली सेनामार्फत् औषधि किन्ने भनिए पनि बिचौलियाको प्रवेश भएको र सेनाको काममा अनियमितता भए पनि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नपुग्ने भएकाले भ्रष्टाचारको थप जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
ट्रान्सपरेन्सीले सरकारले कोरोना रोकथामको क्रममा नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि क्वरेण्टीनको दयनीय अवस्था, पीसीआर किट्सलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव तथा राहत वितरणमा देखिएको भद्रगोललगायतको अवस्था हेर्दा खर्चबारे धेरै प्रश्न उब्जिएको जनाएको छ ।
१० अर्ब रुपैयाँ कहाँ गयो भनेर सदन र सडकबाट प्रश्न उठेपछि सरकार हिसाब देखाउन बाध्य भएको तर हिसाब विवरण पनि अपूरो र झारा टार्ने प्रकृतिको रहेको ट्रान्सपरेन्सीको भनाइ छ । साथै ट्रान्सपरेन्सी इन्टरनेशनलले अनियमिततामा संलग्न दोषीहरूलाई कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend