Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकलको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
असार ९ २०७७, मंगलबार
सुनसरीमा मोटरसाइकलको ठक्करले मृत्यु

सुनसरीः सुनसरी इनरुवा–७ बस्ने ३५ वर्षीय मोहमद नजुन मियाँको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने १ बजे इटहरी–८ खोला टोलीस्थित भित्री सडक खण्डमा को३९प ५५७२ नम्बरको मोटरसाइकलले साइकलयात्री मोहमदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक सागर कुशहवा नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
उता ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ वर्षीय सन्जय बरमन रहेका छन् ।
मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा ट्याक्टर चालक बरमन गम्भीर घाइते भएकोमा उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति: असार ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend