काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिकको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ । पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन् । नेपालमाअहिलेसम्म जनाको पिसिआर मेसिनबाट १९९७३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा छन् ।
रेडजोनमा ५०९ जना मध्ये १ जना काठमाडौका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । हालसम्म नेपालका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।