Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कानेपोखरीमा स्कारपियोले पालैपालो ठक्कर दिँदा तीनको मृत्यु

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
कानेपोखरीमा स्कारपियोले पालैपालो ठक्कर दिँदा तीनको मृत्यु

विराटनगरः कानेपोखरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कोरपिओले महिलालाई ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्करपिओले विपरीत दिशाबाट आउँदै गरेको दुईजना सवार मोटरसाइकललाई पनि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।
पैदलयात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्कोरपिओले मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको हो । गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
दुर्घटनापछि स्कारपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend