Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लाइसेन्सका लागि झन्झट लिनुनपर्ने, साउनपछि परीक्षा दिएको महिना दिनमै

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
लाइसेन्सका लागि झन्झट लिनुनपर्ने, साउनपछि परीक्षा दिएको महिना दिनमै

धरानः यातायात व्यवस्था विभागले लकडाउनको यो करिब साढे ३ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छापेको छ ।
विभागले लकडाउनको समयको सदुपयोग गर्दै सो परिमाणमा लाइसेन्स छापेको हो । लकडाउनपछि साढे ३ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छापिएको यातयात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।
त्यस पछि आम सवारी चालकले स्मार्ट लाइसेन्स लिनको लागि लामो प्रतिक्षा गर्नु नपर्ने उनले बताए । ‘अब बाँकी लाइसेन्स छाप्ने काम सकिएपछि डाइर्भिङ ट्रयाल परीक्षा पास गरेको १ महिनामै लाइसेन्स पाउनु हुनेछ ,’ उनले थपे ।
लकडाउनको अवधिमा छापिएका स्मार्ट लाइसेन्सको वितरण सुरु गरेको विभागले जनाएको छ । विभागले लकडाउनको अवधिलाई पूर्ण रुपमा सदुपयोग गर्दै धेरै स्मार्ट लाइसेन्स छापेपछि महिनौँ कुर्नुपर्ने स्मार्ट लाइसेन्स अब भने सहजै पाउन सकिने भएको छ । विभागका महानिर्देशक गोगन हमालले जानकारी दिए । लकडाउन केही खुकुलो भएपछि हाल छपाइको काम दुई सिफ्टमा सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend