Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रमोद खरेल र प्रविशा अधिकारीको ‘तिम्रो मेरो साथ’

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
प्रमोद खरेल र प्रविशा अधिकारीको ‘तिम्रो मेरो साथ’

धरानः चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ। प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।
म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन्। बिभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ। अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।
प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई दर्शक ,स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन टिम ‘तिम्रो मेरो साथ’ले आग्रह गरेको छ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend