Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १२३०९, मृत्यु २८

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
नेपालमा संक्रमित १२३०९, मृत्यु २८

धरानः नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ । १२० जना महिला र पुरुष ४३४ जना पुरुष गरी ५५४ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
गत चौबिस घण्टामा मात्रै १८ महिला र ११८ पुरुष गरी ११८ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend