Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १३२४८, मृत्यु संख्या २९ जना

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
नेपालमा संक्रमित १३२४८, मृत्यु संख्या २९ जना

काठमाडौंः नेपालमा फेरि ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको बताए ।
डा. गौतमका अनुसार १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । हालसम्म महिला २ सय ६६ र पुरुष २ हजार ८ सय ६६ गरी जम्मा ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो । उनमा फोक्सोको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोर्खामा ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्युठानका ९, रौतहटका १८, रोल्पाका १, रुपन्देहीका ३, स्याङजाका ८, तनहुँका ९, धादिङका २जना रहेका छन्।
यस्तै काठमाडौँका ६, अर्घाखाँचीका ११, चितवनका ४, कैलालीका १,पाल्पाका १३, बाराका ३, मकवानपुरका १, काभ्रेका १, ललितपुरका १, बाजुराका ९८, कपिलवस्तुका २, रुपन्देहीका २, डोल्पाका २, कालिकोटका २, दाङका ५८, रुकुमका १, कैलालीका २९ र डोटीका ६९ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend