Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको डर हराउँदै गएको हो ? अनावश्यकरूपमा जम्काभेट बढ्दा चिन्ता छः मन्त्रालय

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
कोरोनाको डर हराउँदै गएको हो ? अनावश्यकरूपमा जम्काभेट बढ्दा चिन्ता छः मन्त्रालय

काठमाडौंः नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।
अनावश्यक रूपमा जम्काभेट गरिरहेको दृष्यहरू देखिएको भन्दै कतै कोरोना भाइरस संक्रमणको डर हराउँदै गएको र जनजीवन सामान्य भइसकेको भन्दै महसुस हुन थालेकाले हो कि भन्ने चिन्ता बढ्न थालेको प्रवक्ता प्राडा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको पाइएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो । न्यूनतम् मापदण्डहरूका बारेमा स्वास्थ्य मन्त्रालयले बारम्बार अनुरोध गर्दै आए तापनि न्यूनतम भौतिक दूरीसमेत कायम नभएको उनले बताए ।

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend