Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको वास्तविकता पत्ता लगाउन डब्लूएचओको टोली चीन जाने

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
कोरोनाको वास्तविकता पत्ता लगाउन डब्लूएचओको टोली चीन जाने

धरानः विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली जाने भएको छ ।
चीनमा अनुसन्धान टोली पठाउन लागिएको उसले बताएको छ । टोली आगामी हप्ता चीन प्रस्थान गर्नेछ र विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पनन्न भएको रहेछ भनेर पत्ता लगाउन प्रयास गर्नेछ ।
डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले सोमबारेको भर्चुअल पत्रकार सम्मेलनमा भनेका छन्, ‘जब हामी भाइरसबारे सबै कुरा पत्ता लगाउन सक्छौं, तब यसबविरुद्ध बृहद् रूपमा लड्न सक्छौं । यसकारण हामी यो प्रयास गरिरहेका छौं कि वास्तवमा यो भाइरसको स्रोत के हो? यही कुरा आगामी हप्ता चीन पठाइने अनुसन्धान टोलीले पत्ता लगाउन प्रयास गर्छ ।’ अहिलेसम्मको अनुसन्धानअनुसार वैज्ञानिकले कोरोना भाइरस चीनको वुहान बजारस्थित मासु बजारबाट उत्पन्न भएको विश्वास गरेका छन् । -एजेन्सी

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend