Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी काम महिलाले गर्न हुँदैनः शास्त्र

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
यी काम महिलाले गर्न हुँदैनः शास्त्र

धरानः एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफनो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ । साथै महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ ।
घर छोडेर हिँड्नुहुँदैन
शास्त्रको अनुसार स्त्रीहरू कुनै पनि हालतमा आफ्नो घर छोडेर हिड्नुहँदैन । अर्थात अर्काको घरमा बस्नुहुँदैन । यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ । नेपाली संस्कृतीमा जनई लगाउने परम्परा बैदिक कालदेखिनै चलिआएको छ । पुरुषको लागि जनई लगाउनु अनिवार्य मानिएको छ तर महिलाले जनई लगाएमा नराम्रो हुने मान्यता रहँदै आएको छ ।
जप गर्नुहुँदैन
ओम मन्त्रको अभ्यास गर्दा कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ ।
फर्सी काट्नुहुँदैन
फर्सीलाई सीताको फल अर्थात सीताफल मानिन्छ । यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।
बलि दिन हुँदैन
फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ ।तर देवतालाई बलि चढाउन महिलाले नहुने शास्त्रमा उल्लेख गरिएको छ ।
नरिवल फुटाउन हुँदैन
तपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।
पतिसँग टाढा बस्नु हुँदैन
शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन । जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ ।
हनुमानको पूजा
यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ । महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुको हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।
गायत्री मन्त्रको जप गर्नुहुँदैन
शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो । –एजेन्सी

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend