Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विपद्ले निराशा र आत्महत्या बढायोः अध्ययन

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
विपद्ले निराशा र आत्महत्या बढायोः अध्ययन

धरानः विपदको समयमा निराशापन, एक्लोपना र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण आत्महत्याका घटनाहरू बढेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपदको समयमा हुने चिन्ता, आइसोलेसन र क्वारेन्टिनमा सामाजिक सम्पर्क नहुने भएकाले एक्लोपन महशुस भएर, परीक्षा स्थगित भएका कारण, आर्थिक समस्या र ब्यापार घाटा लगायतका कारण घटनाहरू बढेको अध्ययनले देखाएको बताए ।
मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सो निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend