Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वेदु मगरको ‘तिमी नै त हौ’ सार्वजनिक

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
वेदु मगरको ‘तिमी नै त हौ’ सार्वजनिक

धरानः गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ ।
डान्सिङ बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ । गीतमा ब्याक भोकल विक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ । यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन् । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो । स्मिता स्नेहा इन्टरटेनमेन्टको अफिसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तरालपछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन् । ‘तिमी नै त हौ’ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन् ।

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend