बिर्तामोडः झापाको गौरीगन्जमा एक बालकलाई कोरोना भाइरसको पुष्टि भएको छ ।
झापा स्वास्थ्य कार्यालयका अनुसार चार वर्षीय बालकमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । कार्यालयका जीवन चौलागाईंले चार वर्षीय बालकमा पुष्टि भएपछि आमासहित छोरालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए ।
झापामा संक्रमितको संख्या २४९ पुगेको छ भने संक्रमितमध्ये १८८ जना उपचारपछि घर फर्किसकेका छन् ।