Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनमा मेलिना राईको ‘छैनौ तिमी’

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
लकडाउनमा मेलिना राईको ‘छैनौ तिमी’

धरानः एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पीडा । सन्तानको पीडा एउटी आमाले कसरी सहन्छिन् । सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।
सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित ‘छैनौ तिमी’ गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाएपछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो ।
गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मन छुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।
म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे, सौरभ राई, युनिक राईको जीवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो ।

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend