Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः डिप्रेसनका बिरामीमा मुटुरोगको उच्च जोखिम

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
नयाँ अध्ययनः डिप्रेसनका बिरामीमा मुटुरोगको उच्च जोखिम

सुशान्त सिहं राजपुतको मृत्युपछि डिप्रेसन र मानसिक स्वास्थ्यसम्बन्धी संवाद बढ्दै गएको छ। धेरैभन्दा धेरैले आफ्नो अनुभव सुनाउन थालेका छन्। एक प्रकारले मानसिक स्वास्थ्य सम्बन्धी आन्दोलन नै चलेझैं लाग्छ।
डिप्रेसनको कारण र लक्षणबारे हामीले धेरै पढ्न र सुन्न पनि पायौं। यस्तो अवस्था सामना गरिरहेकालाई कसरी सहयोग गर्न सकिन्छ, त्यसबारे धेरै स्वास्थ्य विशेषज्ञले सल्लाह पनि दिइरहेका छन्। डिप्रेसनले शरीरलाई कस्तो प्रभाव पार्छ, त्यसबारे पछिल्लो अध्ययनले केही प्रकाश पारेको छ।
जेएएमए साइकायट्रीमा प्रकाशित एउटा अध्ययन अनुसार डिप्रेसन भएका व्यक्ति मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगको उच्च जोखिममा हुने देखिएको छ। उनीहरूको मृत्यु समेत हुनसक्ने देखिएको छ।
क्यानडाको साइमन फ्रेजर विश्वविद्यालयको अनुसन्धान टोलीले डिप्रेसनको लक्षण र अल्पायुमै हुने मृत्युको सम्बन्ध रहेको प्रमाण पनि फेला पारेका छन्। अध्ययनमा २१ देशका एक लाख ४५ हजारभन्दा धेरै अधवैंशे उमेरका व्यक्ति सहभागी थिए।
चार वा सोभन्दा धेरै लक्षण भएका व्यक्तिको मृत्यु र मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगमा २० प्रतिशत वृद्धि भएको देखियो। शहरी क्षेत्रमा दोब्बर बढी र पुरूषलाई दोब्बरभन्दा धेरै जोखिम भएको अनुसन्धानमा देखिएको छ।
कोभिड १९ ले हाम्रो मानसिक स्वास्थ्यमा कसरी प्रभाव पारेको छ भनेर थुप्रै अध्ययनले देखाएका छन्।
जर्नल अफ अमेरिकन मेडिकल एसोसिएन ९जेएएमए० मा प्रकाशित विश्लेषण अनुसार सामाजिक “आइसोलेसन” को गम्भीर प्रभाव परेको छ। त्यसकारण व्यक्तिगत र समग्र जनसंख्याको स्तरमा महामारीको प्रभाव सम्बोधन गर्न तत्काल प्रत्यक्ष हस्तक्षेप आवश्यक छ।
डिप्रेसनको लक्षण धुमपान, उच्च रक्तचाप र अधिक कोलेस्टेरोलजस्ता परम्परागत जोखिम जत्तिकै महत्वपूर्ण भएको तथ्याङ्कले देखाएको छ। यसलाई नियन्त्रण गर्न सके मुटुरोग तथा अल्पायुमै हुने मृत्युको रोकथाम गर्न सकिने पनि अध्ययनमा देखिएको छ।
मानसिक रोगको उपचार र रोकथामलाई प्राथमिक स्वास्थ्य स्याहारमा समायोजन गर्नु पर्ने विश्व स्वास्थ्य संगठनको वर्तमान नीतिलाई पनि यो अध्ययनले बल पुर्यायएको छ।
त्यसैले कसैको मूड ठीक नभए, रूचि घट्दै गए, थकान महसुस हुने, एकाग्रता कमजोर भए, भविष्यबारे निराश हुने, अनिद्रा, भोक नलाग्ने र यौनमा रूचि घट्दै जानेजस्ता लक्षण देखिए सावधान हुनु जरूरी छ।

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend