Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कमरेडहरूकै कारण लोकतन्त्रलाई हानीः बाबुराम भट्टराई

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
कमरेडहरूकै कारण लोकतन्त्रलाई हानीः बाबुराम भट्टराई

काठमाडौंः पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले नेकपाको विवादले संसद र लोकतन्त्रलाई हानी गर्ने खतरा बढेको बताएका छन् ।
सरकारले आज चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेसँगै डा.भट्टराई यस्तो बताएका हुन । ‘कुनै कुनै प्राणीलाई घ्यू पच्दैन रे, हाम्रा कमरेडहरूलाई पनि दुईतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ।’ उनले सबै सजग रहेर खबरदार गर्नु आवश्यक रहेको समेत बताएका छन् ।

 

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend