Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुल्न थाल्यो रेडलाइट एरिया, चुम्बन र छिटो सास फेर्न नपाइने

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
खुल्न थाल्यो रेडलाइट एरिया, चुम्बन र छिटो सास फेर्न नपाइने

धरानः कोरोना भाइरसको कारण विश्वभर गरिएको लकडाउन अब बिस्तारै अन्त्य हुँदै गएको संकेत देखिएको छ ।
नेदरल्याण्ड्स र थाईल्याण्डका सरकारहरूले त्यहा रहेका वेश्यालय तथा रेडलाइट क्षेत्रहरू खोल्न अनुमति दिएका छन् । तर त्यहाँ चुम्वन र छिटो सास भने फेर्न पाइने छैन । कडा सुरक्षाका साथमा मात्र रेडलाइट क्षेत्रमा प्रवेश गर्न दिइनेछ । बैंककको रेडलाइट तीन महिनाको लागि बन्द थियो उक्त १ जुलाईदेखि खुला गरेको छ । थाइल्याण्डको बार, कराओके स्थान, मसाज पार्लर आदि पनि खोलिएका छन । किनभने पछिल्लो ३७ दिनदेखि कोरोनाको एउटा पनि स्थानीय केस उजागर गरिएको छैनन । अब बैंककका हजारौं यौनकर्मी आफनो काममा फर्केका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, रेड लाइट क्षेत्रमा जानेहरू केही कडा सावधानी र नयाँ नियमका साथ जानुपर्छ । तिनीहरूले आफ्नो अनुहारबाट मास्क हटाउन पाइने छैनन् । पहिले आफैंले ग्राहले स्यानिटाइज गर्न पर्ने छ । चुम्बन र छिटो सास फेर्न पाइने छैन । रेड लाइट क्षेत्रमा जानुभन्दा पहिले सबै ग्राहकहरुको तापक्रम माप गर्न पर्ने हुन्छ । तिनीहरूको पूरा ठेगाना, नाम, ठेगाना र फोन नम्बर नोट दर्ता गरिने छ । यो मात्र होईन, नाच गर्नेहरू स्टेजबाट दुई मिटरको दूरीमा बस्नु पर्छ । एक मिटर दूरीमा मानिस राख्नु पर्ने हुन्छ ।
१ जुलाईदेखि नेदरल्याण्डमा रेड लाइट क्षेत्रहरू पनि खुलेका छन् । यहाँ पनि सामान नियम थाइल्याण्डमा लागू गरिएको छ । दुबै देशहरूमा, यौनकर्मीहरूले कडाई स्वच्छता र सरसफाइको ध्यान राखिसकेका छन् । एमस्टरड्याम पब्लिक हेल्थ सल्लाहकार डोबी मेनसिंकका अनुसार कोभिड १९ को जोखिम रेड लाइट क्षेत्रमा बस्ने यौनकर्मीहरूको लागि बढी रहेको बताइकी छिन । किनकि तिनीहरूको काम उस्तै छ । त्यसकारण व्यक्तिले उनीहरूको आवश्यकताहरू धेरै कडा सुरक्षाकाबीचमा पूरा गर्नुपर्नेहुन्छ । ताकि सबै सुरक्षित हुन सकियोस ।
मोइरा मोना नामकी एक यौनकर्मीले उनले आफ्नो सुरक्षा सम्बन्धी सम्पूर्ण तयारी गरिसकेको बताएकी छिन । उनले लेटेक्सको कपडा, छालाको मास्क, पन्जा, सर्जिकल फेस मास्क आदिको तयारी गरेको बताएकी छिन । त्यसैले उनलाई चिन्तित छैन । उनी भन्छिन, ‘जसले नियम तोड्छ उसलाई प्रवेश निशेष गरिन्छ ।’

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend