धरानः पुस्कर दाहाल र एलिसा राई दमदार अभिनय रहेको बिल्कुलै नयाँ गीत ‘पूर्वकै नानी’ को भिडियो सार्वजनिक गरिएको छ ।
निर्देशक निकेश खड्काको निर्देशन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतकार तथा संगीतकार भरत राईको शव्द तथा संगीतमा सजिएको गीतमा गायिका मेलिना राई र गायक सुवास थापा मगरको कर्णप्रिय आवाज रहेको छ । बुद्ध सायमीको संगीत संयोजन रहेको गीत अडियो नेपाल स्टुडियोमा तयार गरिएको हो ।
मन परेकी मायालुको मनैबाट तारिफ गर्दै आफ्नो बनाउन खोजिएको प्रेमिल भावहरू देखाइएको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।