Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कारभित्र यौन क्रियाकलापको उधुम मच्चाउने राष्ट्रसंघका दुई कर्मचारी निलम्बित

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
कारभित्र यौन क्रियाकलापको उधुम मच्चाउने राष्ट्रसंघका दुई कर्मचारी निलम्बित

बिबिसीः संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ ।
अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।
राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए । राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् ।
उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेका छन् । प्रवक्ता ड्यूजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए ।
आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्रसङ्घको कडा नीति छ ।
नियम उल्लङ्घन गर्न कर्मचारीलाई राष्ट्रसङ्घले अनुशासनको कारबाही गर्न सक्छ । त्यस्ता कर्मचारीलाई राष्ट्रसङ्घीय शान्ति स्थापनाको काममा प्रतिबन्धित वा फिर्ता गरिन सक्छ ।
तर थप अनुशासन वा कानुनी कारबाही गर्ने जिम्मेवारी ती कर्मचारीको देशको हुन्छ । शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसङ्घले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।
एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन्। अन्यमा अनुसन्धान चलिरहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति छ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend